२४ असोज, वीरगञ्ज । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् । कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् । घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया