दसैँले व्यापारिक केन्द्रहरूमा सरसामान खरिद गर्नेको भीड

anis.shahi20@gmail.com' anish shahi
२१ आश्विन २०७५, आईतवार १२:०४

काठमाडौँ  । दसैँ र तिहार नजिकिँदै गर्दा राजधानीका मुख्य व्यापारिक केन्द्रहरूमा सरसामान खरिद गर्नेको चहलपहल र भीड बढेको छ । दसैंँ सुरु हुन केही दिन मात्र बाँकी रहँदा उपत्यकाका बजारमा सामानको किनमेल गर्नेको सङ्ख्या बढ्दै गएको छ । पसल तथा मलहरूले ग्राहकलाई आकर्षित गर्न दसैँलाई लक्षित गरेर विभिन्न अफरका साथै छुटको पनि योजना सार्वजनिक गरिरेका छन् ।  उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्यूरोड, असन, भृकुटी मण्डप, भोटाहिटी, चावहिल, गोंगबु, कोटेश्वर, बानेश्वर, वल्र्ड ट्रेड सेन्टर, भाटभटेनी सुपर मार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा सामान किन्नका लागि भीड लाग्न सुरु भइसकेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१