२१ बुदे घोषणापत्र सहित शिल्पकार उत्पीडित मुक्ति समाज नेपालको कार्यक्रम राजधानीमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७५, शनिबार ०६:३१

काठमाडौं । शिल्पकार उत्पीडित मुक्ति समाज नेपालको घोषणा सभा भब्य रुपमा राजधानीमा  सम्पन्न भएको छ ।  शिल्पकार उत्पीडित मुक्ति समाज नेपालको अध्यक्षमा चित्र बहादुर रसाइली सहित ७७ जनाको कार्यसमिति रहेको छ ।

कार्यक्रमको प्रमुख अतिथि मानबअधिकार कर्मी तथा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारि ,विशिष्ट अतिथि बरिष्ठ पत्रकार मुकुन्द ढुंगाना लगाएत विभिन्न संघसस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

शिल्पकार उत्पीडित मुक्ति समाज नेपालको घोषणा सभामा बोल्दै बक्ताहरुले भने नेपाली समाजको विकासको पहिलो आधार सदियौँदेखि जातीय उत्पीडनमा परेको, छुवाछूत जस्तो अमानवीय व्यावहार भोगेको दलित समुदायप्रतिको राज्यको दृष्टिकोण बदल्न जरुरी छ । राज्यको मात्र होइन, दलित समुदायका सवालमा नेपाली समाजको सामाजिक चिन्तन र व्यावहार बदल्न जरुरी छ । स्वयम् राज्यको कृष्टिकोण र समाजको चिन्तन बदल्ने जिम्मा राज्यको हो, सरकारको हो । समाजमा भातृत्वविना, नागरिक बीचको समानता, सम्मान र आत्म सम्मानविना सरकारले देखेको समृद्धिको सपना, विकासको सपना, सुखको कल्पना दलित समुदायका लागि कागलाई बेल हुने निश्चित छ ।
धारा छोएको निहँुमा दिनहुँ दलितहरूले भोग्नु परेको विभेद, मन्दिरमा पूजा गरेकै निहुँमा दलित समुदायले भोगेको अपमान र बेइजति समृद्ध र समाजवादी समाज निर्माणको जगमै रोप्यौँ भने समृद्धिमा कसरी समानता आउला ?

हामीसँग विभेद विरुद्ध थुप्रै कानुन बनेका छन् तर प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । मुलुकी ऐन २०२० ले जातीय विभेदलाई दण्डनीय भनेको छ । हाम्रो कानुनले जातीय विभेद र छुवाछूतलाई अपराध स्विकारेको ५५ वर्ष गुज्रिएको छ । नेपालको संविधानमा दलित अधिकारलाई मौलिक हकमा समेटिएको छ तर पनि समाजमा दलित समुदायले सम्मानपूर्वक बाँच्न पाएका छैनन् । समानतााको साथ बाच्न पाइरहेका छैन । छुवाछूत र भेदभावविरुद्ध राज्यका संरचनाहरू निर्मम बन्न सकेका छैन । समाजमा न्यायिक समानताले ठाउँ पाउन सकेको छैन । अझै पनि नागरिक स्वतन्त्रताको हक पूर्ण रूपले उपभोग गर्न पाएका छैनन् । विभेदकै बीचमा जन्मिने समृद्धिले विभेद गर्ने निश्चित छ । समाजमा दिनहुँ जातीय विभेदका घटना घटिरहनु राज्यको लाचारी र कमजोरी होइन रु यति घिनलाग्दा प्रश्नको बीचमा जन्मिने समृद्धि विभेदरहित बन्ने आधारहरू सरकारले आफ्ना नीति तथा कार्यक्रममा समेट्न सकेको छैन । उत्पीडितहरूलाई विश्वास दिलाउन सकेको छैन । यसमा राज्यको गम्भीर ध्यान जान जरुरि छ भन्दै बक्ताहरुले बिसेष ध्यानआकर्षण गरेका थिए ।

कार्यक्रमका सभापति समेत रहेका अध्यक्ष चित्रबहादुर रसाइलीले २१ बुदे घोषणापत्र पढेर सुनाउनुभएको थियो। आगामी दिनमा सरकारले हरेक कदमहरु नसच्याय देशमा फेरिपनि संघर्षको लागि रक्तपात हुने समेत रसाइलीले बताए ।

https://www.facebook.com/rastriyakhabar/videos/305611533358500/

https://www.facebook.com/Chitrabahadurrasaili/videos/1715114321951367/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१