मिठाई पसलमा झिँगा र साङ्ला भेटिएपछि पसलमा शिलबन्दी

anis.shahi20@gmail.com' anish shahi
१९ आश्विन २०७५, शुक्रबार १०:४२

काठमाडौ –   गौशालाको दुई वटा मिठाई पसलमा साङला र झिंगा भेटिएको छ । सरकारले काठमाडौंको गौशालामा रहेका दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालामा रहेको व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो । झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भीर नोक्सान पुर्‍याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो ।  खाद्य ऐन अनुसार गुणस्तरहीन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१