यति धेरै महँगो स्याण्डल जस्ले सानोतिनो शहर नै बस्ति बसाल्न सकिन्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७५, शुक्रबार ०५:२२

दुबईमा विश्वकै महँगो स्यान्डल सार्वजनिक गरिने भएको छ । यसको मूल्य १.७ करोड डलर अर्थात १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । खलिज टाइम्सका अनुसार यो विलाशी स्यान्डल हिरा तथा शुद्ध सुनबाट बनेको छ ।

यो स्यान्डल बनाउन र डिजाइन गर्नका लागि ९ महिनाको समय लाग्ने पनि अखबारले जनाएको छ ।यो स्यान्डललाई प्यासन डायमन्ड शू नाम दिइएको छ । यसमा सैयौ हिरा राखिएको छ । यसका अतिरिक्त यसमा १५–१५ क्यारेटको २ इम्पोजिङ डी–फ्लालेस पनि राखिएको छ ।

स्यान्डलको यो जोडीलाई यूएईको ब्रान्ड जदा दुबईले प्यासन ज्वेलर्सका सहयोगमा बनाएको हो । जदा दुबई हिरा भएको जुत्ता बनाउनका लागि प्रख्यात रहदै आएको छ । बुधबार विश्वकै १ मात्र सात तारे होटल बुर्ज अल अरबमा यसको प्रस्तुती गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१