गहुँकाे जमराकाे चमत्कार – स्वास्थ्यमा फाइदै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७५, शुक्रबार ०५:०९

एजेन्सी । गहुँकाे जमरा भन्नाले दशैंमा टिकासंग लगाउने मात्र होइन । खानको लागि पनि प्रयोग गरिन्छ ।
जमरा स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । घटस्थापनाको दिन गहु ,धान जौ आदि मिसाएर जमरा राखिन्छ । तर धानको जमरा भन्दा जौ र गहु को जमरा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

दशैमा पहेलो जमारा लगाइन्छ जुन धार्मिक महत्व र विश्वाससँग जोडिएको छ । जमरा शिरमा लगाइनुको आफ्नै धार्मिक महत्व भएपनि यसो औषधीय गुणसमेत रहेको छ । जमरा एक महत्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले स्वास्थ्यका लागि निकै फाइदा पु-याउँछ ।

अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।

जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१