किसानलाई अनुदानमा तोरीको बीउ वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७५, बिहीबार ०५:३४

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको  बीउ वितरण गरे को  छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ ।

कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट उन्नत जातको तोरीको बीउ खरीद गरी कृषकलाई वितरण गरेको हो । रु ११० प्रतिकेजी तोरी खरिद गरी किसानलाई मागअनुसार रु ५५ केजी वितरण गरेको केसीले जानकारी दिनुभयो ।

त्यस्तै शाखाले बीज वृद्धि कार्यक्रमअन्तर्गत तुलसीपुर–१२ स्थित पशुपति आत्मनिर्भर बीउबिजन सहकारी संस्थालाई ५० किलो निःशुल्क तोरीको बीउ वितरण गरेको बताएको छ । पाँच हेक्टर जमीनमा उन्नत जातको तोरीखेती गरी आगामी वर्षमा सोही बीउ किसानलाई वितरण गरिने कृषि शाखाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र ४२ हेक्टर जमीनमा तोरी खेती हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१