गोपिकृण्ण चापागाई / काठमाडौं, ९ भदौ ।
नेपालका बिभिन्न संगित एवं कलाकर्मिहरुको संघ राष्ट्रिय संगितकर्मि संघको मेला सम्पन्न भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय संगितकर्मि संघले आफ्नो दास्रो भेला सम्पन्न गरेको हो । नेपालमा कुनै पनि क्षेत्र जुन कला, संगित सँग सम्बन्धित क्षेत्र छन् त्यसता कलाकर्मि, संगितकर्मि हरुको एउटै संघ राष्ट्रिय संगितकर्मि संघ बिगत दश बर्षदेखि अनबरत रुपमा सञ्चालनमा आइरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व सभासद एवं ए.नेकपा माओवादी मकवानपुर जिल्ला इन्चार्ज प्रलाद लामिछानेले यस राष्ट्रिय संगितकर्मि संघ लाई माथि उठाउनका लागि गर्नुपर्ने कदममा आफ्नो तत्पर रहेको बताएका थिए । त्यसतै उनले कुनै पनि कलाकार जो जुनसुकै संगठन पार्टिमा लागेको भएतापनि यस राष्ट्रिय संगितकर्मि संघमा प्रवेश गर्दा आफ्नो कलाको बिकाश एवं कलालाई अझ प्रस्फुटन गर्न पाउने अवसर मिल्ने हुँदा राष्ट्रिय संगितकर्मि संघलाई अझ कला कर्मिहरुको हितको कार्य गर्नमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसतै बिशेष अतिथिमा महानगरीय प्रहरी वृत महाराजगंजका प्र.ना.उ. सानुराम भट्टराई रहनुभएको थियो । कार्यक्रममा बरिष्ठ गायक तथा संस्थापक केन्द्रिय सदस्य बिरही कार्की, सञ्चारकर्मि अशोक धिताल, गायक लोकनाथ सापकोटा लगायत अन्य थुप्रै कलाकारको उपस्थिती थियो । कार्यक्रममा अर्का यस्ता प्रतिभाका धनि कलाकार थिए जो नेपालमै नौलो कलाका धनी पनि मानिन्छन् उनी हुन् १५९ चराचुरुङ्गीका स्वरका धनी रमेश दुलाल । उनले उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अन्य अतिथिहरुलाई मुखबाट मादलको ताल निकालेर परिचयात्मक कार्यक्रममै स्वागत गरेका थिए ।
कार्यक्रममा नयाँपद ग्रहण गर्ने कार्यक्रम पनि रहेको थियो । संस्थाका केन्द्रिय सदस्य बिरही कार्कीले यस राष्ट्रिय संगितकर्मी संघ द्धारा सुनकोसी बाढीपिडितहरुको लागि राहत संकलन गरेको कुरा पनि बताएका थिए । करिब ६६ हजार भन्दा माथिको रकम उठेको र छिट्टै नै त्यो रकम पिडितलाई बुझाइने बताएका थिए । त्यसतै संस्थाका सचिव लोकनाथ सापकोटाले आफुले अहिलेको समय सन्दर्भ गित संबिधान सभा सम्बन्धिको गित निकालेको र सो गितमा संबिधानका लागि दबाब मुलक संदेश जाने भएकोले हामि सबै कलाकार हरुले दबाब दिनुपर्छ जस्ताकुराद्धारा सन्देश दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष रेशमथापाले संस्थाको भावी योजना सुनाएका थिए । संस्थालाई आगामि दिनमा कसरी अगाडि बढाउने त्यसैगरी नेपाल भरीका जिल्लाहरुमा यसको शाखा लगायतका कुरा लाई कसरी अगाडि बढाएर लैजान सकिन्छ भन्ने जस्ता कुरा प्रष्ट पारेका थिए ।
प्रतिक्रिया