अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

anis.shahi20@gmail.com' anish shahi
१७ आश्विन २०७५, बुधबार १६:०१

वासिङ्टन n । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नु हुनेछ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नु हुनेछ । त्यसपछि उहाँ जापान र दक्षिण कोरिया जानु हुनेछ ।

विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुई पटक उत्तर कोरियाली नेता किमलाई भेटिसक्नु भएको छ । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिइआएको छ । यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गर्नु भएको थियो । तर सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गर्नु भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१