मेलम्ची, १७ असोज। हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुव्र्यबहार गरेका थिए । वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको छ । आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिनुभयो । विद्युत् चुवावट गर्ने गोपाल तोलाङ्बोट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट रु ११ हजार जरिवाना असुल उपर गरिएको छ ।
प्रतिक्रिया