फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु

anis.shahi20@gmail.com' anish shahi
१७ आश्विन २०७५, बुधबार १२:०६

भारतको मध्यप्रदेश राज्यको ऐतिहासिक शहर ग्वालियरमा घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।  समाचार अनुसार उक्त विष्फोटपछि छिमेकी घरको छात भत्केको र उक्त घरमा सुतिरहेका चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५० वर्षी अंतराम सिंह परिहार, उनकी ४५ वर्षीय पत्नी उमा र उनका दुई छोरीहरू १४ वर्षीय खुशी र ११ वर्षीय कशिश रहेका छन् । परिहारका १७ वर्षीय छोरा भने उक्त घटनामा बाँच्न सफल भएका छन् ।

मृत्यु हुने दुई किशोरीहरू जिल्लास्तरका जुनियर बक्सिङ च्याम्पियन रहेको बुझिएको छ । यसमा जेठी खुशी राष्ट्रिय र कान्छी कशिश प्रदेश च्याम्पियनसिप खेल्ने तयारीमा थिइन् ।उक्त घटनाको जांच गर्न आएको बम डिस्पोजल टोलीले लगभग दुई-तीन बजे राति सर्ट सर्किटको कारण अवकाशप्राप्त सैनिक चरण सिंहको घरमा आगो लागेको थियो । उक्त आगलागी भान्सासम्म फैलिएपछि ग्यास सिलिण्डरको पाइप जलेको र यसले फ्रिजको कम्प्रेसर पाइपभित्र रहेको ग्यासको प्रेसर बढेर विष्फोट भएको र उक्त विष्फोटले भान्सा कोठाको पर्खाल भत्किएर परिहारको छतमाथि खसेर उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१