आमाले बच्चा जन्माएर घर नजिकैको कुलोमा बगाए, आमा थुनामा

anis.shahi20@gmail.com' anish shahi
१७ आश्विन २०७५, बुधबार ११:५२

पर्वत । पर्वतको फलेवासमा एक कुमारी आमाले बच्चा जन्माएर घर नजिकैको कुलोमा बगाएकी छन् । बच्चा जन्माएर घर नजिकैको कुलोमा बगाएको अभियोगमा पर्वतकी एक १७ वर्षीया अविवाहित आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् । बच्चा जन्माएर हत्या गरी फालेकी युवतीको बयानमा प्रेमी मनबहादुरले बच्चा जेसुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बताइकी छन् । किशोरी बालिका नै भएकीले बाल सुधार गृह सानोठिमी भक्तपुरमा पठाउन आदेश दिएको छ भने, उनका प्रेमी मनबहादुरलाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका छन् । हत्या गरी फालेको बच्चा उक्त मनबहादुरको हो वा होइन भन्ने डीएनए परीक्षण पछी जानकारी गराउने प्रहरीले जनाएको छ।गत भदौ १८ गते शिशुलाई जन्माएर हत्या गरेपछि घर नजिकै रहेको पानीको नहरमा फालेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१