उत्तर कोरियासँग अझै ६० वटा आणविक हतियार

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार १५:२२

सिओल  । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताउनुभएको छ। कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गर्नुभयो। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको एक प्रतिवेदन अनुसार, उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ। धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले अरु पनि गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन्। उत्तर कोरियाले पछिल्ला दिनहरुमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१