सामाजिक स्वच्छता अभिवृद्धिका अभियान शुरु

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार १४:०६

रसुवा । सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत पहिलो चरणमा दशैँतिहारलाई लक्षय गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गरिने छ । दशैँतिहारजस्ता चाडपर्वमा जुवा खेलाउने घर र खेल्ने व्यक्तिको पहिचान गर्ने, यसविरुद्ध उनीहरुलाई सचेत गराउने, आवश्यक परेमा नेपाल प्रहरीको सहयोगमा कानूनी उपचार खोज्ने र त्यसको प्रभावकारी अनुगमन गर्ने सामुदायिक केन्द्रले जनाएको छ ।

लागुऔषध नियन्त्रण, घरेलु हिंसा तथा मानव बेचबिखनविरुद्ध आवश्यक कदम चाल्न सामुदायिक केन्द्रमा १० महिलासहित १५ पदाधिकारी रहेको  छ । महिला हिंसाका कारण श्रीमान्श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि दुवै पक्षबीच मेलमिलाप गराउने प्रयास थालिएको बताइएको छ । आर्थिक वर्ष ०७३÷०७४ देखि हालसम्म जिल्लामा सम्बन्धबिच्छेद गर्ने महिलाको सङ्ख्या २९ पुगेको जिल्ला अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशन र सामुदायिक प्रहरीको सुझावमा आफ्ना गतिविधि अगाडि बढाइरहेको सामुदायिक केन्द्रले समाजमा हुने विकृति अन्त्य गर्न मद्दत पु¥याउने विश्वास स्थानीयवासीको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१