फोहोर व्यवस्थापनमा कुनै पनि किसिमको हडताल गर्न निषेध

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार ११:४९

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर पर्नेगरी हडताल वा कुनै पनि किसिमको अवरोध गर्न नपाउने आदेश जारी गरेको छ। अवरोध र हडतालका नाममा लामो समयसम्म फोहोर नउठाउँदा उपत्यकाका विभिन्न ठाउँ दुर्गन्धित हुने गरेकाले व्यवस्थापनको जिम्मा लिएकाले हडताल वा कुनै किसिमको अवरोध गर्न नपाउनेगरी अन्तरिम आदेश जारी गरेको हो।अदालतको आदेशअनुसार नगरभित्र उत्पन्न हुने फोहोरमैला व्यवस्थापनको जिम्मा लिएका व्यक्ति, फर्म वा कम्पनीले अब अवरोध र हडताल गर्न पाउने छैनन्।

फोहोरको डंगुर बिहानदेखि बेलुकीसम्म सार्वजनिक स्थानमा छरिएर रहने र साता दिनसम्म फोहोर नउठ्दा दुर्गन्धित भई महामारी फैलिन सक्ने आशंका रिटमा गरिएको थियो। ‘उपत्यकाको सार्वजनिक स्थान, सडक, चोकमा थुप्रिएको फोहोर तत्काल संकलन गरी वातावरणीय प्रदूषणबाट मुक्त राख्नु विपक्षीहरुको दायित्व हो,’ रिट निवेदनमा उल्लेख छ, ‘सहर सफा राख्न तत्काल सरसफाइ नगरे दुर्गन्धित भई महामारीसमेत फैलिनसक्ने भएकाले तत्काल काठमाडौंको फोहरमैला संकलन गरी सहरलाई फोहरमुक्त काम गर्न गराउन उपर्युक्त आदेश जारी गरिपाऊँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१