वीरगञ्ज । माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन लागू भएको क्षेत्रमा मात्र रु ६३ करोड ७० लाख बराबरको तीन हजार १८५ मेट्रिक टन माछा उत्पादन हुन गरेको छ ।
सरकारले सो कार्यक्रमका लागि आव २०७३÷७४ मा रु ३२ करोड विनियोजन गरिएको थियो । खर्च हुन नसक्दा रु २१ करोड फ्रिज भएको थियो । सरकारले उक्त कार्यक्रमका लागि आव २०७४÷७५ मा रु १० करोड १८ लाख तथा चालु आव २०७५÷७६ मा रु चार करोड ५३ लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया