इन्डोनेसिया भूकम्प र सुनामी : मृतकको संख्या ८३२

anis.shahi20@gmail.com' anish shahi
१५ आश्विन २०७५, सोमबार १२:४४

जकार्ता । शुक्रबार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।  ७.५ म्याग्निट्युडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा अझै पनि मानिस फसिरहेको हुनसक्ने इन्डोनेसियाको पत्रकार सम्मेलनका क्रममा बताए।

भूकम्पपछि आएको सुनामीको छाल छ मिटरसम्म अग्लो भएको पनि उनले बताए। इन्डोनेसियाको पालु नगरमा उद्धारकर्मीहरुले विपद्मा परेर पनि जीवितै हुन सक्ने मानिसको खोजी भइरहेको बताइएको छ। पालु सहरमा उद्धारकर्ताहरुले हातकै सहयोगले जीवितै रहेका हुनसक्ने मानिसको खोजी गरिरहेको  छ।

शुक्रबारको भूकम्प र त्यसपछिको सुनामीका कारण १६ लाखभन्दा बढी मानिस प्रभावित भएको हुनसक्ने रेडक्रसले अनुमान गरेको छ। भग्नावशेषमा खोजी कार्य भइरहेको र अझै पनि कैयौं मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वंयसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् ।

पालु नगरका भग्नावशेषमा कयौँ मानिस हराइरहेको अनुमान गरिएको छ। भूकम्प र त्यसपछिको सुनामीले मानिस बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु-याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्पन आउनेक्रम जारी रहेको बताएका छन्। भूकम्प र त्यसपछिको सुनामीका कारण सयौं घाइते भएको र उनीहरुको उपचार भइरहेको अधिकारीको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१