हृदयाघातको जोखिमबाट कसरी बच्ने त ? 

anis.shahi20@gmail.com' anish shahi
१५ आश्विन २०७५, सोमबार १२:३१

काठमाडौं –  मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ। बर्सेनि यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको   छ । गत आर्थिक वर्षमा मात्र १ लाख ५३ हजार ४  सय ६२ जनाले  उपचार लिएका थिए । प्रत्येक दिन ५ सयदेखि ६ सय जनासम्म यो रोग उपचारका लागि आउँछन्। तथ्यांकअनुसार  विश्वमा १ करोड ७० लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगले हुन्छ । सन् २०३० सम्ममा यो संख्या २ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ । हृदयघातले हुने मृत्युमध्ये ८० प्रतिशत राम्रो जीवनशैली अपनाएर रोक्न सम्भव छ।

चिकित्सकका अनुसार आधुनिक जीवनशैली, चिल्लो, चुरोट, रक्सी खानेजस्ता कारण नेपालमा मुटुरोगी बढ्दै गएका ह्न् ।  घरको खानाको सट्टा बजारमा पाइने फास्टफुड खाने चलन बढेको छ। आधुनिक जीवनशैलीका कारण बढ्दै गएका उच्चरक्तचाप, मुधमेह रोग तथा रक्सी, चुरोट पिउनु हृदयाघातका कारण हुन् । मुटुले  शरीरभरि रक्तसञ्चार गर्छ । रक्तसञ्चार गर्न मुटृुलाई पनि रगत चाहिन्छ । मुटुलाई रगत पठाउने दायाँ र बायाँ नली हुन्छन् । यी मुख्य नलीबाट मुटुमा रगत पुग्छ । यी दुई ठूला नली बन्द भए  भने हृदयाघात हुन्छ ।

यो अवरोध जति ठूलो नलीमा भयो उति नै हृदयाघातको जोखिम हुन्छ । मधुमेहले रगतको नलीमा अवरोध गर्छ । त्यसैगरी रक्सी र चुरोटले पनि रगतको नलीमा परिवर्तन ल्याई साँघुरो बनाउँछन् । रगतको नली साँघुरो हुने र अवरोध हुने क्रममै मुटु नजिकको ठूलो नली बन्द हुन्छ र हृदयाघात हुन्छ । नेपालमा पछिल्लो समय आधुनिक जीवनशैलीकै कारण यी रोग बढेको  चिकित्सक बताउँछन्। छातीको मध्यभागमा गह्रौं वस्तुले थिचेको जस्तो हुने, मुटुको धड्कन बढ्ने, चिट्चिट् पसिना आउने, कहिलेकाहीं बेहोस हुने, उकालो चढ्दा स्वाँस्वाँ हुने हिंड्न छोडेपछि  रोकिने लगायतका लक्षण हृदयाघातका हुन्।

हृदयाघातका लक्षणहरू
–छातीको मध्यभागमा गह्रौं वस्तुले थिचेको जस्तो हुने
– मुटुको गति बढेर जाने
– चिट्चिट् पसिना आउने
– कहिलेकाहीं बेहोस हुने
– छातीको मध्यभाग दुख्ने
– उकालो चढ्दा स्वाँस्वाँ हुने
– हिंड्न छाडेपछि  रोकिने

हृदयाघात हुनबाट कसरी बच्ने? 
– नियमित कम्तीमा आधा घण्टा छिटो–छिटो हिंड्ने
– नियमित सन्तुलित भोजन गर्ने
– खानामा बढी चिल्लो तथा रातो मासुको प्रयोग नगर्ने
– मधुमेह/कोलेस्ट्रोल नियन्त्रणमा राख्ने
– उच्च रक्तचाप छ भने नियन्त्रणमा राख्ने
–दैनिक व्यायाम गर्ने
– नियमति स्वास्थ्य जाँच गर्ने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१