चाडवाढको समयमा अपराध हुन नदिन प्रहरीको विशेष योजना

anis.shahi20@gmail.com' anish shahi
१५ आश्विन २०७५, सोमबार १०:५२

काठमाडौँ  ।  राजधानी काठमाडौंलाई सुरक्षित पार्न तीन हजार ५३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडाँैंले आइतवार दुई महिना लामो विशेष सुरक्षा योजना–२०७५ सार्वजनिक गर्दै, चाडवाढको समयमा अपराध हुन नदिन र सुरक्षा ब्यवस्था प्रभावकारी बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको छ ।चोरी, डकैती, पकेटमारी, सिक्री थुत्नेदेखि घर तथा सम्पत्ति, सरकारी तथा गैरसरकारी कार्यालय, शक्तिपिठ, मठ मन्दिर, सार्वजनिक यातायात, बैंक तथा वित्तीय संस्था, ब्यापारी केन्द्र, होटल तथा गेष्टहाउस र उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निगरानी बढाइएको छ ।

काठमाडाँैंको मुख्य प्रवेश नाका नागढुङ्गा, टोखा, मुड्खु, रामकोट, फर्पिङ लगायतका सात क्षेत्रमा कुकुर सहितको नियमित सुरक्षा चेकजाँच, लामो तथा छोटो दुरीको सवारी साधनमा हुने टिकट विक्री वितरणमा ठगी नियन्त्रण गर्न १० स्थानामा नागरिक सहायता कक्षा स्थापन गरिएको छ । सुरक्षाब्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौंँ जिल्लालाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ (भ्यान सहित गस्ती), ३६ वटा साइकल गस्ती, ३० वटा मोटरसाइकल गस्ती र २४ वटा मोटरकार सहितको गस्ती नियमित परिचालन गरिने जानकारी परिसरले दिएको छ ।

चाडवाडमा चोरी, लुटपाट, डकैती, पकेटमारी, विषाक्त मदिरा सेवन, झैझगडा, गुण्डागर्दी, जुवा तास, कालोवजारी, दुर्घटना र ठगी बढी हुने भएकाले यस्ता अपराधमा विशेष निगरानी राखिएको छ ।  परिसरका अनुसार, यसवर्षको चाडवाडलाई शान्त, सुरक्षित र दुर्घटनारहित बनाउन सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र, नागरिक समाज, विभिन्न क्लव, टोलसुधार समितिसंँग सहकार्य गरी टोलटोलमा जनचेतनामूलक र सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१