‘होम ट्युसन’ को बहानामा ७ वर्षीया बालिकामाथि बलात्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७५, सोमबार ०५:४२

चितवन । चितवनको भरतपुरमा फेरी एक बालिका बलात्कारको सिकार भएकी छन्। भरतपुर महानगरपालिका वडा नम्बर ११ मा होम ट्युसन बढाउने बहानामा ७ वर्षीया बालिका बलात्कृत भएकी हुन्।

प्रहरीले महानगरपालिका ११ पोखरीचोक बस्ने १४ वर्षीय किशोरलाई बलात्कारको अरोपमा पक्राउ गरेको छ। उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि उनलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार किशोरले ट्युशनको बहाना बनाएर आफुँलाई बलात्कार गरेको बताएकी छन्। अहिले बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको र मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। आरोपी किशोर १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१