काठमाण्डौ । मिडिया ग्रुपले हालै चितवनको टाँडीमा सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष बिक्रम ढुकुछु सहितका पदाधिकारिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपद्वारा काठमाण्डौको बसुन्धारा स्थित ग्रिन सिटि हस्पिटलको सातौ तला स्थित हलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुकुछुले मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले समूह तथा यूथ नेटवर्क विस्तार अभियान थाल्ने बताए । मानव अधिकारको क्षेत्रमा मिडियाको ठुलो भूमिका हुने हुदा सधै मिडियाको सहयोग र साथ आबस्यक पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देशमा भएका विभिन्न मानब अधिकार सम्बन्धि घटनाहरुलाई अध्यन गरि एम्नेष्टी इन्टरनेशनल नेपाल द्वारा सत्य तथ्य बाहिर ल्याउने काम अब एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपले गर्ने ग्रुपका संयोजक मुकुन्द ढुंगानाले बताउनुभयो । मिडिया ग्रुपले अझै सक्रियताको साथ अगाडी बढ्नेमा ग्रुपले कार्यतालिका समेत बनाइसकेको ढुंगानाको दाबि छ ।
देशव्यापी रुपमा समूह तथा यूथ नेटवर्क विस्तार गरिएमा मानव अधिकार शिक्षा र जन-चेतनाको विकास हुने र मानवअधिकारको अवस्थामा सुधार आउने पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारी लगाएत ग्रुपका सल्लाकार भवानी प्रसाद पौडेल ,लोक बहादुर टन्डन लगाएत सहभागी वक्ताहरुको भनाई छ ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित केषाध्यक्ष सुरेशप्रसाद उपाध्याय, उपमहासचिव विपिन बुढाथोकी, पुनरावेदन समिति संयोजक, सुदीपकुमार भट्ट नेशनल बोर्ड सदस्यहरु समीक्षा कोइराला, संचिता कुईंकेल थापा, गोविन्द वाग्ले लगायतलाई मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगाना सहितका ग्रुपका सल्लाकार तथा सदस्यज्युहरुले खादा लगाई सफल कार्यकालको लागि बधाई तथा सम्मान गरेका थिए ।
भिडियो :
https://www.facebook.com/rastriyakhabar/videos/238752630324524/
फोटो फिचर :
प्रतिक्रिया