जया मल्टिपल क्याम्पसको १५ औँ वार्षिक समारोह भब्यताको साथ सम्पन्न (फोटो तथा भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७५, आईतवार ०५:२१

काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन्। गोकर्णेश्वर ८ माकलबारी स्थित जयामल्टिपल क्याम्पसले १५ औँ वार्षिक समारोहको प्रमुख अतिथि समेत रहेका नेपालले  भने, ‘शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ।’

कार्यक्रमको प्रमुख अतिथि  पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जयामल्टिपल क्याम्पसले शिक्षा क्षेत्रमा ठुलो फड्को मारेको बताउदै आगामी दिनमा पनि यसरीनै अगाडी बढ्न सुभकामना ब्यक्त गरे।

क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले  निजी क्षेत्रले शिक्षामा पुर्‍याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताए।

शिक्षामा उत्कृष्ठता हासिल गरेका व्यक्तित्वहरु  , पत्रकार ,बरिष्ठ समाजसेवीहरु, समाजका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मानका साथै बधाई समेत गरिएको थियो  । राष्ट्रियताको भाव झल्काउन राजनीतिज्ञहरुलाई ढाकाको टोपी लगाएर सम्मान गरेका थिए ।

मनोरञ्जनका लागी विभिन्न नृत्य संगितहरु सांस्कृतिक झल्केन सोही प्रस्तुतिहरु रहेको कार्यक्रममा कलेजका बिधायर्थी लगाएत राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेयो ्वरिष्ठ कलाकार कुन्ती मोक्तान लगाएत अन्य कलाकारहरुले पनि गीत गएका थिए कार्यक्रममा सभापति सोहि स्कुलका संस्थापक अध्यक्ष जगनाथ देवकोटा,  विशेष अतिथिहरुमा जया मल्टिपल क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल, माननीय सांसद शेरबहादुर तामांग , सांसद कृष्ण राई, रामेशोर फुयाल ,त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. सुधा त्रिपाटि,  राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना ,  गोकर्णेश्वर नगरपालिका का वडा अध्यक्षहरुमा मनोज ढुङ्गाना, लगाएत  विभिन्न संस्थाका प्रतिनीधिहरु बरिष्ठ समाजसेवी, समाजका वुद्धिजीवि वर्गहरु लगाएत विद्यार्थीहरु सहित ३००० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट सम्मान सहित शिक्षक सम्मान समेत गरिएको थियो ।

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/688973941482343/

फोटो फिचर : 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१