बलात्कारीलाई सबैले देख्ने ठाँउमा ढुंगा हानेर मार्न अदालतको आदेश

anis.shahi20@gmail.com' anish shahi
१२ आश्विन २०७५, शुक्रबार १५:०९

अफगानिस्तानको एक अदालतले बलात्कारी धर्मगुरुलाई ढुंगाले हानेर मार्न आदेश दिएको छ ।ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने गरेको आरोपमा रसुल नाम गरेका धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको हो । उक्त धर्मगुरुले उपचार गर्ने दाबी गर्दै उनले महिलाहरुमाथि यौन शोषण गर्दै आएका थिए । आफू कहाँ सहयोगका लागि आउने महिलाहरुलाई उसले यौन शोषण गरेर भिडियो बनाउने गरेको थियो ।

यी भिडियोबाट फेरी ब्ल्याकमेल गर्ने उसको धन्दा थियो।भाइरल भएको भिडियोमा दाडी पालेको एकजना मानिस र एकजना महिलाले सम्बन्ध बनाएको देखिन्छ ।फरयाब सरकारका प्रवक्ता जावेद बिदारले रसुललाई ढुंगा हानेर मार्ने सम्भावना बढी भएको बताए । फरियाबका धर्मगुरुहरुले पनि रसुललाई ढुंगा हानेर मार्ने आदेश दिइसकेका छन् । त्यसैले प्रहरीले तत्काल गिरफ्तार नगरे स्थानीयवासीले नै उसलाई मार्ने सरकारका प्रवक्ताको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१