दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्य पसल सञ्चालन

anis.shahi20@gmail.com' anish shahi
१२ आश्विन २०७५, शुक्रबार १२:५०

काठमाडौँ । सरकारले शुक्रबारदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालनमा ल्याइने जनाइएको छ ।   बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालनको तयारी भइरहेको तथा घुम्ती पसलसमेत सञ्चालन गरिने छ।

साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा नौ स्थानमा स्टल सञ्चालन गर्नेछ । त्यस्तै तीन वटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्नेभएको छ । उपत्का बाहिर भने आफ्नो डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने साल्ट टे«डिङले जनाएको छ ।
नेपाल खाद्य संस्थानले पनि उपत्यकामा विभिन्न पाँच ठाउँ र देशभर रहेका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्यसामग्री बिक्री वितरण गर्ने भएका छन् ।  संस्थानले बासमती र गोरखनाथ चामलमा प्रतिकेजी १० छुट र मनसुली, जिरा मसिनो चामललगायतका चामलमा प्रतिकेजी पाँच रुपियाँ छुटसहित बिक्री गर्ने जनाएको छ ।

संस्थानले खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ । घटस्थापनादेखि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपियाँ छुट दिने जनाएको छ ।  दुग्ध विकास संस्थानले चाडपर्व लक्षित सहुलियत अनुसार डीडीसी घिउ प्रतिलिटर ५० रुपियाँ, पनीर प्रतिकेजी १० रुपियाँ छुटसहित बिक्री वितरण गर्नेछ । त्यस्तै संस्थानको उत्पादन बटर, दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१