भारतद्वारा क्षेप्यास्त्रको परीक्षण

anis.shahi20@gmail.com' anish shahi
१२ आश्विन २०७५, शुक्रबार १२:४५

नयाँदिल्ली ।  आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ । भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ । नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१