दुईवटा टाउको भएको सर्प भेटियो

anis.shahi20@gmail.com' anish shahi
१० आश्विन २०७५, बुधबार १६:०४

अमेरिकाको उत्तरी भर्जिनियामा दुर्लभ सर्प भेटिएको छ । विज्ञहरुले त्यस्तो सर्प लामो समय सम्म बाँच्न नसक्ने भएपनि कसरी त्यो सर्प जिवित रह्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छन् । अमेरिकाको भर्जिनियामा स्थानियले दुईवटा टाउको भएको सर्प देखेपछि संरक्षणकर्ता संस्थालाई सम्पर्क गरेका थिए । सिएनएनले जनाए अनुसार दुईवटा टाउको भएको विषालु सर्प कपरहेडको बच्चा बारे अहिले अनुसन्धान भइरहेको छ । अहिले सो सर्पलाई हर्पेटोलोजिकल सोसाइटीमा राखिएको छ ।अनुसन्धानकर्ता जेडी क्लेप्फरले त्यो सर्प जिवित रहनुको कारणवारे खोजि भइरहको बताएका छन् । दुईवटा टाउको भएकाले त्यसलाई प्राकृतिक रुपमा बाँच्न निकै कठिन हुने अनुसन्धानकर्ताको भनाई छ ।

त्यो वाहेर दुईवटा टाउको र एउटा शरीरको तालमेलका बारेमा पनि अनुसनधानकर्ताले अध्ययन थालेका छन् । त्यस्तो कुरा जान्नका लागि अनुसन्धानकर्ताले सर्पको एक्सरे गरेका छन् । बिहीबार गरिएको एक्स रेबाट सर्पको बायाँ टाउको बढी सक्रिय रहेको देखिएको छ । बाँया टाउकोले सर्पको शरीरलाई प्रभाव पारीरहेको छ ।  । उसको एउटा मुटु र फोक्सो छ । दुईवटा टाउकोले एउटा मुटु र एउटा फोक्सोसँग सहकार्य गरेका छन् । सर्पले दायाँ टाउकोमा रहेको मुखबाट खाँदा राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् । तर उसको बाँया टाउको बढी सकृय र विकसित रहेकाले समस्या आउन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् । अहिले दुईवटा टाउको भएको सर्पको विशेषज्ञले स्याहार गरिरहेका छन् । यो सर्प बाँचेमा शैक्षिक प्रयोजनका लागि चिडियाखानालाई दिने तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१