लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिकको उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७५, बुधबार ०५:२५

काठमाडौं ।  लायन्स क्लव इन्टरन्याशनलको सहयोगमा नेपालको भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकमा स्थायी क्लिनिकको उद्घाटन गरिएको छ ।

पुर्व संचार मन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लायन्स क्लब काठमाडौँ अङ्कुर संस्यापक अध्यक्ष र राष्ट्रिय समन्वयक नरेन्द्र बहादुर अधिकारी र भिसिएन नेपालको समन्वयमा गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका वडा नं। ४ को पालातेमा मधुमेह रोगको विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरि उक्त क्लिनिकको सेवा सुरु गर्न लागिएको हो ।

उक्त कार्यक्रमका लागि लायन्स क्लव ४ सी ३ क्यालिफोर्नियाका पूर्व डिस्ट्रिक गर्भनर राजेन थापाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरु र विपत व्यवस्थापन विज्ञ किडेन ग्यारेट चुमानसहितको नौ सदस्यीय टोली को सहभागिता रहेको छ । स्थानिय जनताको उल्लेख्य सहभागी रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१