काठमाडौं – युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी र आर्सनलले विजयी सुरुवात गरेका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले ग्रीसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो। चेल्सीको जितमा खेलको ७ औं मिनेटमा विलियनले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै चेल्सीले समूह ‘एल’ महत्वपूर्ण ३ अंक बटुलेको छ।
प्रतिक्रिया