किरात राई पत्रकार संघमा नयाँ कार्यसमिति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार १६:२६

काठमाडौं, ८ भाद्र  ।  किरात राई पत्रकारहरुका छाता संगठन किरात राई पत्रकार संघको तेस्रो अधिवेशनले दीपेन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको संघको तेस्रो अधिवेशनले चार उपाध्यक्ष, एक महासचिव, चार सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।kraja
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, उपाध्यइहरुमा खुशी राई, भोटराज राई र कुम्भराज राई निर्वाचित हुनुभएको छ । महासचिवमा प्रकाश खालिङ निर्वाचित हुनुभएको छ भने सचिवहरुमा बद्धवीर बाहिङ, अवतार राई, भक्त राई र रीता राराहाङ चयन हुनुभएको छ भने कोषाध्यक्षमा प्रकाश राई र सहकोषाध्यक्षमा विशाल राई निर्वाचितहुनुभएको छ । कार्यसमिति सदस्यहरुमा डीबी खालिङ, गणेशकुमार राई, सरिता पुमा राई, सौखिन बान्तवा राई, भीम राई, प्रकाशसिं राई, सन्दीप झझल्को राई, सचिन राई, प्रतीक्षा बान्तवा, गोविन्द राई र अमित राई रहनुभएको छ ।
तेस्रो अधिवेशनमा १३ वटा जिल्ला र उपत्यका समन्वय समितिको प्रतिनिधित्व रहेको थियो । कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । किरात राई पत्रकार संघ २०६४ मा स्थापना भएको हो । संघले आफ्नो स्थापनाकाल देखि निरन्तर रुपमा किरात राई पत्रकारहरुको दक्षता अभिवृद्धि तथा क्षमता विकासका लागि पहल गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१