खेलकुद क्षेत्रले देशलाई चिनाएको छ : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १५:०५

कास्की – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रले देशलाई चिनाएको बताएका छन्। पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे सडक शिलान्यास कार्यक्रममा बिहीबार मन्त्री विश्वकर्माले रसियामा सम्पन्न विश्वकप फुटबलमा उपविजेता भएपछि मात्र क्रोएसिया विश्वमा परिचित भएको उदाहरण दिँदै देशलाई चिनाउने सामर्थ खेलक्षेत्रमा रहेको विचार राखेका थिए।मन्त्री विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सरकारले गाउँमा बस्ने जनतालाई विकासको अभियान लिएर आएको बताए। २६ करोड १ लाख लागतमा १५ दशमलव ९ किमी सो सडक १६ महीनाभित्रमा कालोपत्रे गरी सक्ने योजना रहेको जिल्ला प्राविधिक कार्यालय कास्कीका इञ्जिनीयर आनन्द पौडेलले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१