६ जना नेपालीले ज्यान गुमाएको विषाक्त मदिरा काण्डमा मलेसियाको प्ररहीले ७ जना शंकास्पद व्यक्ति पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १४:०१

मलेसियाको शालोनगरमा ६ जना नेपालीले ज्यान गुमाएको विषाक्त मदिरा काण्डमा त्यहाँको प्ररहीले ७ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा त्यहाँको पसलमा काम गर्ने मजदुर रहेको मलेसियाली प्रहरीले जानकारी दिएको छ । मलेसियाको अनलाई द स्टारका अनुसार घटनामा बुधबारसम्म १९ जनाको मृत्यु भएको छ भने अन्य २४ जना विरामी छन् ।मृतक मध्ये ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । त्यस्तै विरामी मध्ये १६ जना नेपाली रहेका छन्। मलेसिया प्रहरीले विरामी मध्ये धेरैको अवस्था नाजुक रहेको जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१