कपास प्रशोधनका लागि कपास विकास समिति खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १३:०७

बाँके-कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन्।समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन भयका छन्। बाँके, बर्दिया, दाङलगायतका क्षेत्रमा उत्पादित कपासलाई खजुरामा प्रशोधन गर्न सरकारले २०४४ सालमा ती मेशिन खरीद गरेको थियो। ३१ वर्षअघि रु एक करोड मूल्य परेका ती मेशिन कपासकै अभावमा प्रयोगमा आउन नसक्दा जीर्ण भइसकेको छ। दश बिगाहा जमीनमा फैलिएको कपास विकास समितिमा अहिले पनि प्रशोधनशाला र आधुनिक गोदाम रहेको छ तर कच्चा पदार्थको अभावमा प्रशोधनशाला सदुपयोग हुन सकेको छैन भने गोदाममा बिक्री हुन नसकेको २१३ मेट्रिक टन कपास थन्काइएको छ। दाङमा उत्पादित कपास आएको बेला अहिले प्रशोधन केन्द्रमा एउटा जिनिङ मेशिन कहिलेकाहीँ चल्ने गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१