च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार ११:४४

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा स्पेनिस क्लब भलेन्सियालाई २–० ले पराजित गर्दै यस सिजनमा विजयी सुरुवात गरेको हो।युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई खेलको २९ औ मिनेटमा रातो कार्डको रुपमा गुमाएर १० खेलाडीमा सिमित भएर पनि भलेन्सियालाई पराजित गरेको हो । युभेन्टसका लागि दुवै गोल मिरालेम पजानिकले पेनाल्टीबाट गरेका थिए।उनले पहिलो गोल खेलको ४५औ मिनेटमा र दोस्रो गोल खेलको ५१औ मिनेटमा गरेका थिए । रोनाल्डोले खेलको २९औ मिनेटमा भलेन्सियाक खेलाडीको कपाल तानेका थिए। सो घटना पछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए। रातो कार्ड पाएपछि रोनाल्डो रुदै मैदान छोडेका थिए। रातो कार्ड पछि रोनाल्डोले अब आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडसँग हुने खेल गुमाउने भएका छन्।युइएफएले रातो कार्ड पाएपछि एक खेल अनिवार्य प्रतिबन्ध हुने नियम रोनाल्डोलाई पनि लगाएको छ। यसै सिजन युभेन्टस आएका ३३ बर्षिय रोनाल्डोको रातो कार्ड प्रकरणले युभेनता को यस सिजन च्याम्पियन्स लिग जित्ने योजनामा अलिकति धक्का लागेको छ। रोनाल्डोको च्याम्पियन्स लिगमा १५३ खेलमा यो पहिलो रातो कार्ड हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१