एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार ११:१९

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। युएईमा बुधबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा अलआउट हुनुपूर्व १ सय ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।पाकिस्तानका लागि बाबर आजमले ४७, सोहेब मलिकले ४३, फहिम असरफले २१ र मोहम्मद अमिरले नटआउट १८ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन्।  पाकिस्तानलाई सस्तैमा समेटन भारतका भुवनेश्वर कुमार र केदार जाधबले ३–३, जसप्रित बुमराहले २ तथा कुलदिप यादवले १ विकेट लिए।जवाफमा  १ सय ६५ रनको विजयी लक्ष्य भारतले भारतले २९ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।  भारतलाई जिताउन कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए। उनले ३९ बलमा ६ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै शिखर धवनले ४६ रन बनाउँदा, अम्वाती रायडु र दिनेश कार्तिक ३१–३१ रनमा नटआउट रहे।जितसँगै २ खेलबाट ४ अंक जोडेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा छ। १ जित र १ हार बेहोरेको पाकिस्तना समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो। दुवै टोलीले पहिलो खेलमा हङकङलाई पराजित गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१