गोकर्णेश्वर नगरपालिका वडा न ८. जनगुनासो रहित वडाको रुपमा स्थापित, सार्बजानिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार ०५:३२

काठमाडौं । काठमाडौं,गोकर्णेश्वर नगरपालिका वडा न ८ को जनगुनासो रहित वडाको रुपमा स्थापित भएको पाईएको छ । स्थानीय सरकार कार्यान्वायनमा आएसँगै सुशासनलाई पहिलो प्राथमिकता दिएकोे उक्त वडाबाट जनता सन्तुष्ट रहेको पाईएको हो ।

वडाले बुधबार माकलबारी स्थित जया मल्टिपल क्याम्पसको प्रांगणमा आयोजना गरेको आर्थिक बर्ष २०७४/०७५ को योजना तथा शान्ति सुरक्षा,बिकास निर्माण तथा सेवा प्रबाहीकरण बिषयक  सार्बजानिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले जन चाहाना अनुसार नै काम गरिरहेको जनाएका छन् । सहभागीले केही प्राबिधिक पक्षहरुमा समन्वय नभएको गुनासो गरे पनि समग्रमा वडाले आशातित कार्य गरिरहेको जनाएका थिए ।

वडाले सबै ठाउहरुमा निर्माण गरिरहेको सडक लगायतका बिकास निर्माणका कार्यहरु प्रशंसनीय रहेको स्थानीयले जनाएका छन् । वडाले स्थानीय सरकारको रुपमा गरिरहेको कार्यहरु शन्तोषजनक रहेको बताउँदै आगामी दिनमा वडाबासीहरु संग वडाका केहि समस्याहरु र चुनौतीहरुको अध्ययन गरी अगाडी बढ्न स्थानीयले सुझाब दिएका छन् । जनतालाई सूचना तथा सञ्चारको पहुँच दिनका लागि वडा स्तरीय अनलाइन प्रोफाइल तयार गरि सबै स्थानीय बासीहरुको जनगुनासो समेट्दै लैजान वडालाई जनताको सुझाब थियो ।

सभ्य र समृद्घ बनाउन ८ न  वडाका स्थानीय बासिन्दाहरुको  सहकार्यलाई निरन्तरता दिने वडाका अध्यक्ष मनोज ढुंगानाले बताउनुभयो । सबै  स्थानीयसँगको समन्वयका कारण वडाको कामलाई अगाडी बढाउन सहज भएको र भाबी दिनमा गरिने योजना बुदागत रुपमा पढेर सुनाउनुभएको थियो।

कार्यक्रमका सहभागीले आफ्नो वडालाई समृद्द बनाउनका लागि आफै जुट्नुपर्ने बताएका भन्दै स्थानीय बासिन्दाले वडालाई धेरै सहयोग गरेको अध्यक्ष ढुंगानाको भनाई छ ।

काठमाडौं,गोकर्णेश्वर नगरपालिका वडा न ८ को आयोजनामा आ‍/व. २०७४ र०७५ मा भएको कामहरु सन्तोषजनक रहेको स्थानीयको भनाइ रहेको थियो।

वडा न ८ का स्थानीयले राख्नुभएको प्रश्नको सहज रुपमा जवाफ दिदै वडा अध्यक्षले वडाबाट कुनैपनि ढिलासुस्ती नहुने समेत प्रतिबद्धता जायर गर्दै स्थानीयले उठान गरेका  जिज्ञासाको जवाफ दिनु भएको थियो ।

वडा न ८ ले आयोजना गरेको कार्यक्रमको मिडिया संयोजन बोष्टर मिडियाले गरेको थियो भने राष्ट्रिय खबर डटकम र मेगा टेलिभिजन बाट प्रतक्ष्य लाइभ प्रसारण समेत गरिएको थियो ।  वडाका सबै सदस्य सहित कर्मचारी र स्थानीय गरि करीव ३०० जना  व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/687146284996542/

   

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१