जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १४:१९

जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ।बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो। दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन्।सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८.१ प्रतिशत हो।राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो। इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१।७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ। सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०.७ प्रतिशत रहेको पाइएको छ।

प्रतिक्रिया