नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री कपी ओलीसँग भेट गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १३:३८

काठमाडौं- नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री कपी ओलीसँग भेट गरेका छन्। ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उनले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। आजै स्वदेश फर्कने कार्यक्रम रहेका उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए।उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गोविन्दाले नेपाल साहस र प्रेमको धर्ती भएको बताएका थिए।

प्रतिक्रिया