जिल्लामा पार्टि भित्र मौलाएको गुटबन्धिका मूख्य दोषि केन्द्रिय समिति नै : नेता सिहँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार १४:३६

प्रविण अग्रवाल ।
२०३१ सालमा रौतहटको ब्रहमपुरी गाविसमा जन्मिएका चिरञ्जीवी सिंह सानै देखि समाज सेवाको भावना बोकी २०४६ सालमा गौरमा रहेको श्री जुद्ध उच्च माध्यमिक विद्यालयबाट एस.एल.सि उतीर्ण गरे । त्यस पश्चात समाज सेवाको तिर्खा मेटाउन नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ तिर छिरे । त्यस बखत देशमा जन आन्दोलन चलिरहेकै बेला नेपाली जनताको हकहितका लागि भइरहेको आन्दोलनमा उनी २ पटक जेलको काल कोठरीमा पुगे ।neta singh सिंह जेल मुक्त भए पश्चात उच्च शिक्षाका लागि भारतको बनारस पुगे र त्यहांबाट बैचलरको शिक्षा पुरा गरी अगाडीको शिक्षा दिक्षाको लागि दिल्ली प्रस्थान गरे र दिल्ली युनिभर्सिटीबाट एमबिएको अध्ययन सकाएर पुनः गृह जिल्ला रौतहट फर्के र राजनिति तिर लागे । विस्तारै विस्तारै समय बित्दै गयो र २०४६ को आन्दोलनको क्रममा पलाएका चोटहरु निको हुन नपाउंदै २०६२÷०६३ मा पुन जनआन्दोलन भयो र उक्त आन्दोलनमा पनि नेता चिरञ्जीवी सिंहको महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आन्दोलनलाई सशक्त बनाएर लैजाने मन्साय लाई दमन गर्न प्रहरीले सिंहलाई प्रहरी खोरको बाटो देखायो । ०६२÷०६३ को जनआन्दोलनमा पनि सिंह २ चोटी थुनामा परे त्यस पश्चात यसरी शुरुवात भयो सिहँको राजनिती ।
१. नेपाली कांग्रेसको संगठन रौतहटमा कस्तो देख्नुहुन्छ ?
– नेपाली कांग्रेस एउटा सिद्धान्त र विचारमा चलेको देशकै पूरानो राजनितिक संगठन भएको हुनाले रौतहटमा पनि संगाठनित अवस्था अपेक्षाकृत सन्तोष जनक नरहेको आहवास हुन्छ । तर यस्को अर्थ नेपाली कांग्रेसको संगठन जिल्लामा एकदमै कमजोर छ भन्ने भन्न सकिदैन् ।
२. विगत ५ सालमा पार्टिको संगठनले जिल्लामा कस्तो उपलब्धि प्राप्त गरेका छन् ?
– विगत ५ वर्ष पार्टिका लागि नाकारात्मक समय को रुपमा रहेको सबैले महसुस गरेका छन् । यसका कारण पार्टिमा खुलयामा गुटबन्दि हुनु र नेतृत्व लाई स्विकार नगर्नु हो ।
३. जिल्लामा पार्टिको संगठन कमजोर हुनुमा र गुटबन्दिको राजनिति फ्स्टाउनुमा तपाई कसलाई दोषि ठान्नुहुन्छ ?
– नेपाली कांग्रेस एउटा त्यस्तो बैचारिक संगठन हो जसमा सम्पूर्ण कार्यकर्ताहरुको सम्मान, अधिकार लाई सुनिश्चित गर्दछ र क्रियाशिल कार्यकर्तालाई नेतृत्व दिन सामर्थय राख्दछ । तर जिल्लामा ठिक त्यसको विपरीत वर्षौ देखि पार्टिमा परिवारवाद हावि भएर तानासाहि प्रवृतिले एकात्मक शासन लादि पार्टिलाई संचालन गर्दै आए जसका कारण बिस्तारै पार्टि कमजोर हुन पुगे ।
४. जिल्लामा नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भए पश्चात पनि संगठन किन सर्पिएन त ?
– जिल्लामा पार्टि परिवारवाद को तानासाहिक रवैयाले संचालन भएको कार्यकर्ताहरुमा आहवास भए पश्चात ५ वर्ष अगाडि नेतृत्व परिवर्तन भए पनि पूरानो नेतृत्व पंक्तिलाई यो कुरा पचन सकेन र आफ्नो पराजय र नेतृत्व परिवर्तनलाई सामान्य प्रक्रियाको रुपमा नलिई आफ्नो आत्म सम्मान माथिको प्रहारको रुपमा लिएर समानान्तर पार्टि संचालन गर्न थाले । परिणाम स्वरुप दूई गुठको विवादले कार्यकर्ताहरु पार्टि परित्याग गरि अन्य पार्टिमा जान्न थाले । र पार्टि धारातलमा पुग्यो ।
५. दुई गुटका विवादले विगत ५ वर्षमा पार्टिले कस्ता कस्ता छति बेहोर्नु परेका छन् ?
– दुई गुटका विवादले पार्टिले सबभन्दा ठूलो छति संविधानसभाको दोस्रो चुनावमा बेहोर्नु पर्यो । पार्टिको संगाठनित अवस्था कमजोर हुन पुग्यो । सक्रिय कार्यकर्ताहरु बाध्य भएर अन्य पार्टिमा पलाएन भए ।
६. गुटबन्धि लाई नियन्त्रण गर्न केन्द्रिय समितिले किन पहल गरेन् ?
– वास्तवमा जिल्लामा पार्टि भित्र मौलाएको गुटबन्धिका मूख्य दोषि केन्द्रिय समिति नै छन् । यदि समयमा पार्टि हितमा केन्द्रिय समितिले चासो देखाएको भए पार्टिले भोगेको छतिबाट जोगिन सकिन्थ्यो ।
७. दूई गुटबिच पार्टिभित्र पदिय भागबण्डा किन मिल्दैन र ?
– हो, यो अचम्मको कुरा हो । जिल्ला विकास नगरपालिका गाविस जस्ता सरकारी विकासका अड्डाहरुबाट संचालन हुने काममा आर्थिक भागबण्डा सजिलै गुटहरुबिच मिल्छ । तर संगठन बलियो बनाउन पदिय भागबण्डामा कुरा नमिल्नु पार्टिको लागि दुर्भाग्य हो ।
८. पार्टिभित्र नेतृत्व परिवर्तन कतिको आवश्यक देखिन्छ ?
– यदि जिल्लामा नेपाली कांग्रेसको संगठन बलियो र शुद्धिड बनाउन गुट उपगुटको राजनितिलाई त्यागि पार्टिको लागि जुझारु यूवा पुस्तालाई नेतृत्व हस्तनान्तरण गर्नु जरुरी देखिन्छ ।
९. यतिखेर गौर राईस मिल सबैका लागि चासोको विषय बनेको छ, यस विषयमा तपाई कतिको बुझनु भएको छ ?
– गौर राईस मिलको जग्गा एउटा खेल मैदानको लागि उपयूक्त र गौरको मुटुको रुपमा रहेकोले यसलाई सार्वजनिक करण गर्नु जरुरी छ । तर गौर राईस मिल कसैको निजि सम्पत्ति भएको हुनाले सार्वजनिक उपभोगका लागि अधिग्रहण प्रक्रिया कानुन सम्मत हुनु अनिवार्य छ ।
१०. गौर राईस मिलको जग्गा अधिग्रहण गर्न कसले भूमिका खेल्नुपर्छ ?
– पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल प्रधानमन्त्री हुंदा गौर राईस मिललको जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्री परिषदबाट गराए पनि सो निर्णय कानुन सम्मत नभएकोले बदर भएको अवस्थामा पुनः अधिग्रहणलाई लागि कानुन सम्मत रुपमा मूवाबजा तिरि मात्र अधिग्रहण गर्न सकिन्छ । गौर राई मिलको जगगा क्षेत्र नं. १ मा भएको हुनाले पूर्व प्रधानमन्त्री एवंम् क्षेत्र नं. १ का सभाषद माधव कुमार नेपालले अधिग्रहण प्रक्रियामा मूख्य भूमिका खेल्नु पर्ने हुन्छ । यदि समयमा त्यस्तो भूमिका खेल्नु भएन भने कुनै दिन राईस मिलको जग्गा टुक्रा टुक्रामा परिनत भई व्यक्तिको नाममा गए पछि यसका सम्पूर्ण अपसजको भागि पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले लिनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१