वित्तिय अनुशासन कायम गर्न सकिए थोरै पैसाबाट धनी बन्न सकिने : गभर्नर डा. चिरञ्जिवी नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १३:५२

पाल्पा- नेपालको ६ सय ५५ स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाको पहुँच पुगेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अहिले नेपालको ४० प्रतिशत जनताले बैंङकीङ सेवा लिने गरेको बताएका हुन्।आईतबार पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन गर्दै वित्तिय चेतनाको अभावमा ६० प्रतिशत जनता बैंकको पहुँचमा नपुगेको बताए। गर्भनर नेपालले भने, ‘देशमा भएकार ५७ प्रतिशत जनशक्ति क्रियाशिल छ। यस्तो जनशक्ति कमै देशले प्राप्त गरेका छन्। तर हाम्रो मानसिकता परिवर्तन गर्न सकिएन । विदेशमा गएर ऋणपत्र अथवा डेविट/क्रेडिट कार्ड थमाईदिँदा खुसी हुन्छौं । जीन्दगि त्यही ऋण भुक्तान गरेर व्यतित गर्छौं ।’ धेरै बुद्धि हुनेहरु व्यापार, व्यवसाय तथा उद्यम गर्छन् । कमजोर मानसिकता हुनेहरु जागिर भन्दै हिँड्ने गर्छन् । जागिर भनेर नोकर हुने मानसिकता हो, गभर्नर नेपालले भने, धनी बन्ने र समृद्धिको चाहना सबैमा हुन्छ। पढेका व्यक्तिले व्यवसायीकरण गरे सफलता प्राप्त हुन्छ र देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ।नेपालको ८५ प्रतिशत भूगोलमा बैंक पुगेको छ । पाल्पामा मात्रै ४ दर्जन बढी बैंकहरु खुलेका छन् । यसले हाम्रो अवसर बढाएको छ’, नेपालले भने । वित्तिय अनुशासन कायम गर्न सकिए थोरै पैसाबाट धनी बन्न सकिने उनले बताए। नेपाल भन्छन्, ‘नेपालमा उत्पादन घटिरहेको छ । झण्डै २८ अर्बको धानचामल आयात भएको छ । ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात भयो । के हामीले उत्पादन देशमै बढाउन सक्थेनौं ।’ ‘हामीले पैसा खोज्न विदेश हिड्यौं । व्यापार व्यवसाय गर्न बाहिर गयौं । अब देशमै केही गर्ने समय आएको छ । अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन लाग्नु आवश्यक हो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१