तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७५, शनिबार ०५:४१

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको रु एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो । करीब रु तीन अर्ब बराबरको आवेदन परेको छ ।

दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१