यी हुन् संसारका सबैभन्दा हानिकारक आहारा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार १३:४८

हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् ।
unhealthy-foods

  •  १. जमाइएको खानेकुराः कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
  • २. तारेका खानेकुराः बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
  • ३. प्याक गरिएका चिप्सः यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।
  • ४. सोडाः सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
  • ५. बर्गरः धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
  •  ६. फ्रेन्च फ्राईः फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
  • ७. माइक्रोवेभ पपकर्नः यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
  •  ८. नुनले भरिएको स्न्याक्सः यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
  •  ९. सेतो चामलः सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।
  • १०. कृत्रिम स्वादः यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ । (एजेन्सी) –

प्रतिक्रिया