अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १६:१४

काठमाडौं– अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने इच्छा देखाएको छ। अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न चाहेको हो। नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर उक्त प्रस्ताव राखेका हुन्। भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए।अष्ट्रेलियाले पहिलो चरणमा प्रदेश तीन र कर्णाली प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ। राजदूत बडले कर्णाली प्रदेशमा कार्यक्रमको सम्भाव्यता अध्ययनका लागि असोज पहिलो साता टोली पठाउन लागिएको जानकारी पनि दिए।  राजदूत बडले नेपालमा भर्खरै मात्र  संघीयता कार्यान्यवयनमा आएको भन्दै संघीयताको संवेदनशीलता बुझेर संघ, प्रदेश तथा स्थानीय तहका सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बताए। जवाफमा मन्त्री बस्नेतले स्थानीय तह, प्रदेश र संघीय सरकारका बीचमा बाहिर चर्चा गरिएजस्तो चिसो सम्बन्ध नरहेको स्पष्ट गर्दै समन्वयमै काम भइरहेको बताए। जिविकोपार्जनका लागि हरित उद्यमशीलता कार्यक्रमका लागि संघीय सरकारका तर्फबाट समन्वय गरिने विश्वास दिलाए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१