लाइबेरियाका राष्ट्रपति तथा पूर्व विश्व वर्षखेलाडी जर्ज वेहले मंगलबार आश्चर्यजनक रूपमा मैदानमा पुनरागमन गरेको दिन टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियालाई २–१ को नतिजा सुम्पिएको छ । वेह ५१ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट मैदान फर्किएका हुन्।मोनरिभियामा भएको उक्त मैत्रीपूर्ण खेल राष्ट्रपति वेहले राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्दा लगाउने जर्सी नम्बर १४ को बिदाइका लागि आयोजना गरेका थिए । उनी १९९५ मा विश्व वर्षखेलाडीका साथै, युइएफए वर्ष खेलाडी र अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका थिए।वेह गत डिसेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी युरोपियन र विश्व वर्ष खेलाडी घोषित हुने एक मात्र अफ्रिकन खेलाडी हुन् । उच्च स्थानबाट खेल नियाल्नु सट्टा राष्ट्रपति वेह राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै मैदान उत्रिएका थिए । आफ्नो समयका सर्वकालीन खेलाडी वेहले मैदानमा पुनः एक पटक आफ्नो फुटबल कला देखाएका थिए । उनी समय सकिन १२ मिनेट बाँकी हुँदा मैदानबाट बाहिरिएका थिए।वेहले १६ वर्षअगाडि अफ्रिकन कप अफ नेसन्स प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । लाइबेरिया पछिल्लो पटक २००२ मा अफ्रिकन कप अफ नेसन्समा छनोट भएको थियो।फिफा वरीयतामा १ सय ५८औं स्थानमा रहेको लाइबेरिया ५४ अफ्रिकन मुलुकमध्ये ४७औं स्थानमा छ । वेहले चेल्सी, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन (पीएसजी), मोनाको, मार्सेल्ली र एसी मिलानबाट व्यावसायिक खेल खेलेका थिए।पहिलो हाफमा हेन्री ओन्येकुरु र सिमियोन एनवान्कोको गोलमा नाइजेरियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। खेलको अन्तिम समयमा सेरमान क्लाबले पेनाल्टीमा गोल गर्दै लाइबेरियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।
प्रतिक्रिया