विश्वकै मोटा रिकीले संसार छाडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार १३:०८
एजेन्सी ।

विश्वकै मोटा व्यक्ति रिकी नापुतीको निधन भएको छ ।एजेन्सीहरुका अनुसार, चार सय किलो तौल भएका ३९ वर्षीय रिकी सात वर्षदेखि ओछयानमै थिए । आवश्यकताभन्दा बढी खाने बानीकै कारण उनको मृत्यु भएको बताइएको छ । उनलाई श्रीमती चेरिलले सानो बच्चालाई झैं हेरचाह गर्दै आएकी थिइन । रिकी संसारका सबैभन्दा १० मोटा व्यक्तिमध्ये ६ जना बसोबास गर्ने ठाउँ गुआममा बस्ने गर्दथे ।

रिकीलाई चिकित्सकले खाना कम गर्न र आफ्नो तौल घटाउन सुझाव दिएका थिए । तर, उनको मोटोपन घटेको थिएन , रिकी तनावको चेपटामा परे । उनी गैस्ट्रीकको सर्जरीका लागि अमेरिकाको टेक्सासमा एक महिला एन्जी फ्लोर्सकहाँ पनि गएका थिए । त्यसपछि उनको वजन ८० किलोग्राम कम भएको थियो । सर्जरीका कारण्ँ उनको पेट ८० प्रतिशत घटेको थियो । अझ दुःखको कुरा त मोटोपन कम नगरेकै कारण्ँ अन्तमा रिकी र चेरिलको सम्बन्ध समेत टुटेको बताइएको छ । त्यसपछि एक्लो बनेका रिकी औषधि सेवनको मात्र सहारामा बाचेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१