नेप्सेमा आज पनि दोहोरो अंकको बृदि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार १५:४५

काठमाडौ– बुधबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार उत्साहजन रहेको छ। मंगलबार १३ अंकले बढेको नेप्से परिसूचक आज बुधबार १४.१३ अंकले बढेर १२ सय ४४.८४ विन्दुमा पुगेको छआज १७३ कम्पनीका २७ लाख ११ हजार कित्ता शेयरहरु ७२ करोड ९८लाख ५ हजार ५४६ रुपैयाँमा खरिद विक्री भएका छन्।क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले बढेको छ। मंगलबार ४३ कराेड रूपैयाँकाे काराेबार भएकाे  थियाे। समूगत कारोबारतर्फ नीर्जिवन बिमा समूह ४१.४१ अंकले र जीवन बिमा समूह ११.२८ अंकले घटेका छन्। होटल समूहमा भने ३२.१९ अंकले बढेको छ। बैंकिङ समूह १६.२ अंकले बढेको छ।आजको कारोबारमा सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ९४ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएका छन् भने एनआईसी एसियाको ५ करोड ४९ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१