माधव निर्दोषसहित पाँच पत्रकार सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार १३:०१

काठमाडौँ ,८ भाद्र । पत्रकारिताको माध्यमबाट भ्रष्ट्राचार न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषलाई भ्रष्ट्राचार विरुद्ध राष्ट्रिय अभियानले सम्मान गरेको छ । विजनेस सन्सार डटकमका सम्पादक समेत रहेका निर्दोष नवज्योती एफएमका संचालक हुन् । उनले विकास र आर्थिक परिवर्तनका लागि मिडिया इनटरनेसनलबाट अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।madhav निर्दोषसँगै नेपाल टेलिभिजनका बरिष्ठ समाचारबाचक मनोहरी थापा, सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङ तथा रेडीयो नेपालका आर्थिक समाचार व्यूरो भूवन आचार्य र नागरिक दैनिकका विज्ञान अधिकारी सम्मानित भएका छन् । उनीहरु सबैलाई पत्रकारिताको माध्यमबाट भ्रष्ट्राचार विरुद्धको अभियानमा काम गरेबापत सम्मान गरिएको हो । काठमाडौंमा आयोजित भ्रष्ट्राचार विरुद्ध राष्ट्रिय सम्मेलनमा पूर्व सभामुख दमननाथ ढुंगानाले उहाँहरुलाई सम्मानपत्र प्रदान गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१