३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार ११:५९

म्याग्दी- नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।जल्लाका रहेका आधारभुत तथा मावि तहका विद्यालयको पठनपाठन ठप्प पारेका शिक्षकले माग पुरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्। जिल्लाभर २ सय ५१ जना राहत शिक्षक रहेका छन्। शिक्षकले जिल्लाका  आधारभूत र मावि गरी २ सय ७२ वटा सामुदायिक विद्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए। सामुदायिक विद्यालयमा राहत कोटामा रहेका शिक्षकको मेहनतले एसईई परीक्षाको नतिजामा समेत सुधार आएको छ। नीजि विद्यालयसंग सामुदायिकलाई प्रतिस्पर्धा गराउने गरी मेहनत गर्ने शिक्षकको मागलाई बेवास्ता गरिए तेस्रो चरणको आन्दोलनलाई ब्यापक बनाउने चेतावनी समेत दिएका छन्। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुंगगा र अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयमा पुगेका विद्यार्थी विद्यालय बन्द भएपछि फर्किएका थिए। समितिको केन्द्रीय निर्देशन अनुसार भदौ २६, २७ र २८ गते ३ दिन देशभरका सबै सामुदायिक विद्यालय बन्द गराउने निर्देशन अनुसार बिहिबार अन्तिम दिन समेत पठनपाठन प्रभावित भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१