चिनिया नाका जोड्ने सडक सुचारु,तीन दिनदेखि रोकिएका सवारी गन्तव्य स्थानतर्फ लागे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार ११:१६

रसुवा – तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोको कारण पटक पटक सडक बन्द हुँदै आएको छ। सडक सुचारु भएसँगै तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्य स्थानतर्फ लागेका छन्। सडक अवरुद्ध हुने क्रम बढेपछि सामग्री ढुवानीको लागि भाडामा समेत वृद्धि भएको छ। केरुङदेखि काठमाडौँसम्म सामग्री ढुवानी गर्दा यसअघि एक लाख २० हजार लाग्दै आएकोमा अहिले भाडा बढेर एक लाख ६० हजारसम्म पुगेको  छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१