सरकारको मासिक कार्ययोजना वेबसाइटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७५, बुधबार ०८:०८

काठमाडौं । अब सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कार्ययोजना र प्रगति प्रतिवेदन वेबभसाइटमार्फत सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सबै मन्त्रालय तथा निकायको कार्ययोजना र त्यसको प्रगति प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गर्न लागिएको हो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार अनलाइनमार्फत मन्त्रालय र निकायको कार्ययोजना र प्रतिवेदन सार्वजनिक गर्नका लागि अहिले सफ्टवेयर निर्माणको काम भैरहेको छ । सफ्टवेयर बनिसकेपछि सुरुमा सबै मन्त्रालयबाट कार्ययोजना र प्रगति प्रतिवेदन मगाएर प्रधानमन्त्री कार्यालयले अद्यावधिक गर्नेछ । त्यसपछि भने हरेक मन्त्रालयलाई छुट्टाछुट्टै पासवर्ड दिएर मन्त्रालय र निकाय आफैंले आफ्नो आगामी महिनाको कार्ययोजना र अघिल्लो महिनाको प्रगति प्रतिवेदन अद्यावधिक गर्नेछन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको प्रगति प्रतिवेदन र आगामी महिनाको कार्ययोजना सार्वजनिक गरिसक्नुपर्नेछ।

बजेट सक्न आर्थिक वर्षको अन्त्यमा मात्रै जेठ असारमा काम हुने गुनासो गरेपछि प्रधानमन्त्रीको निर्देशनमा अब हरेक महिना मन्त्रालयले कार्ययोजना तथा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको हो । प्रतिवेदन सार्वजनिक भएपछि सर्वसाधारणले समेत सरकारी निकायले के के काम गरिरहेका छन् हेर्न पाउनेछन् । यसअघि हरेक मन्त्रालयले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि प्रभावकारी हुन सकेको छैन । यसरी सबै निकायले अनलाइनमार्फत प्रतिवेदन सार्वजनिक गरेपछि ति निकायले कसरी काम गरिरहेका छन्, कार्यप्रगतिको स्थिति कस्तो छ भन्ने अनुगमन एवं मूल्यांकनमा समेत सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१