लाबा एशियाकै शिर्ष सयमा पर्न सफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ११:०२

सुदिप अधिकारी,

भाद्र ८ गते  । नेपाल स्थीत सुचना प्रविधिको क्षेत्रमा कार्यरत संस्था लाबा एशियाकै शिर्ष सयमा पर्न सफल भएको छ । रेड हेरिङ टप फाइनल हन्रेड एसिया नामक एवार्डमा नेपालको चर्चित संस्था लाबा पनि पर्न सफल भएको हो । सुचना प्रविधिमा एसियामा रहेका हजारौ प्रतिष्ठीत निजी संघ संस्थालाइ उछिनेर उत्कृष्ट सेवा प्रदान गर्ने लाबा शिर्ष सय मा पर्न सफल भएको हो । हङकङमा आज बेलुकी हुने सभामा एशियाकै शिर्ष १०० मा पर्न सफल संस्थाहरुको नाम घोषणा गरिनेछ । शिर्ष सयमा पर्न सफल संघ संस्थाहरुले सभामा आफ्ना  भावि कार्यदिशाको बारेमा आ आफ्ना धारणा राख्ने छन् । सन २००९ मा काठमान्डौको अनामनगरमा स्थापना भएको लाबा नेपालकै अत्याधुनिक प्रविधीयुक्त उत्कृष्ट संस्था हो । लाबाले नेपालमा सुचना प्रबिधिको क्षेत्रमा यहा स्थीत संघ संस्थालाइ प्राविधिक सहयोग गर्ने मात्र नभएर आइ टी सग सम्बन्धितक्षेत्रका  बिबिध विषयहरुमा अध्यापन समेत गराउदै आएको छ । यसले नेपालमा अध्ययनरत विद्यार्थीहरुलाइ विश्वमै मान्यता प्राप्तहुने वैश्वीक प्रमाणपत्र प्रदान गर्दछ । लाबा आइ टी आइ एलबाट मान्यता प्राप्त संस्था हो जुन माइक्रो सफ्ट , आइ बि एम, सिस्को, रेड ह्याट, इ.सी. काउन्सील, पि.इ.सि.बि.,इ. एक्स.आइ.एन. र पिपुलसर्ट नामक विश्वकै प्रतिष्ठीत संस्थाहरुसगको सहकार्यमा कार्यरत रहेको छ । लाबाले नेपालमा रहेका एन टी सी, सुर्या नेपाल, वीपीसी नेपाल आर्मी, निर्वाचन आयोग, यति एयरलाइन्स, स्टेन्डर्ड चार्टेट बैंक, हिमालयन बैंक, एनजिओहरु यु. एन. डि. पी., डि. एफ. आइ. डि. , डब्ल्यु डब्ल्यू एफ लगायतका अनेकौ बहुप्रतिष्ठीतसंस्थाहरुलाइ उच्च स्तरिय सेवा प्रदान गर्दै आएको छ । हालैका केही वर्षदेखी लाबाले सुचना प्रविधि सम्बन्धी बिबिध संकायमा अध्यापन गर्नुका साथै समय समयमा निशुल्क सेमिनार तथा प्रशिक्ष्ँण कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१